Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • सप्तरीमा चार जना पत्रकारको उम्मेदबारी

    सप्तरीमा चार जना पत्रकारको उम्मेदबारी

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.1K
    SHARES

    सप्तरी । यहि बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिन सप्तरीका चार जना पत्रकारले पनि उम्मेदबारी दर्ता गराएका छन् ।

    नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव भोला पासमान जसपा नेपालको तर्फबाट जिल्लाको कंचनरुप नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । उनले सोमबार मेयर पदमा उम्मेदबारी दिएका हुन् ।



    नेपाल पत्रकार महासंघका सदस्य हेमशंकर सिंहले जनता प्रगतिशिल पार्टीबाट तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदबारी दिएका छन् ।



    राजविराज वडा नम्वर ८ को वडाध्यक्ष पदमा पत्रकार सतिश दत्तले नेपाल कम्युनिष्ट पार्टी (एकृकित समाजवादी)बाट उम्मेदवारी दर्ता गराएका छन् ।

    यस्तै नेपाल पत्रकार महासंघका सह सचिव चन्दन यादवले राजविराज नगरपालिका वडा नम्बर २ बाट नेकपा मओवादी केन्द्रबाट उम्मेदबारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार