काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरले राजनीति मेरो लागि उपयुक्त फिल्ड नभएकाे बताएका छन् ।
पार्टीमा बस्ने अवस्था नरहेको पूर्वकेन्द्रीय सदस्य घिमिरेले बताए । उनले सक्रिय राजनीतिबाट बिदा लिने मनसायमा आफू पुगेको बताए ।
पार्टीको संस्थापनइतरका नेता डा शेखर कोइराला निकट रहेका उनी उक्त समूहप्रति पनि असन्तुष्ट देखिए ।
पार्टीमा रहेका सबै समूह उस्तै रहेको उनले आरोप लगाए ।
कार्यकर्तालाई अन्याय भयो भनि बोलिदिने नेता पार्टीमा नरहेको उनको निचोड छ ।
स्थानीय तहको निर्वाचन लगत्तै राजनीतिबाट अलग बस्न सक्ने उनले बताए ।
Leave a Reply