Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • स्थानीय तह निर्वाचन : उम्मेदवारको संख्या १ लाख ३७ हजार नाघ्यो, कुन प्रदेशमा कति ?

    स्थानीय तह निर्वाचन : उम्मेदवारको संख्या १ लाख ३७ हजार नाघ्यो, कुन प्रदेशमा कति ?

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ ।

    निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्यांकानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौजनाको मनोनयन दर्ता भएको छ ।



    यस्तै, पालिका अध्यक्षमा तीन हजार २६४ र उपाध्यक्षमा दुई हजार २९६ जनाको मनोनयन दर्ता भएको छ ।



    वडाध्यक्षमा ३२ हजार २१७, महिला सदस्यमा २३ हजार ५२१, दलित महिला सदस्यमा २१ हजार २२१ र वडा सदस्यमा ४९ हजार २३९ जनाको उमेदवारी परेको आयोगले जनाएको छ ।

    ७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदै छ ।

    कुन प्रदेशमा कति ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार