Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • स्थानीय तह निर्वाच : एक लाख ३६ हजार २६९ जनाको उम्मेदवारी दर्ता

    स्थानीय तह निर्वाच : एक लाख ३६ हजार २६९ जनाको उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका विभिन्न पदका लागि १ लाख ३६ हजार २६९ जनाको उम्मेदवारी परेको छ ।

    निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबार र सोमबार गरी १ लाख ३६ हजार २६९ जनाले उम्मेदवारी दर्ता गराएकाहुन् ।



    आयोगका अनुसार स्थानीय तहको प्रमुख पदमा ३ हजार २ सय ६१ जनाको उम्मेदवारी परेको छ । यस्तै अध्यक्ष पदमा ३ हजार २ सय ५४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।



    उपप्रमुख पदमा २ हजार ३ जनाको उम्मेदवारी पर्दा उपाध्यक्ष पदमा २ हजार २ सय ९२ जनाको उम्मेदवारी परेको छ । यस्तै वडा अध्यक्ष पदमा ३२ हजार ५९ जनाको उम्मेदवारी परेको छ ।

    महिला सदस्यमा २३ हजार ३ सय ७५, दलित महिला सदस्य पदमा २१ हजार १ सय १५, तथा सदस्य पदमा ४८ हजार ९ सय १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगको तथ्याङकमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार