Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • स्थानीय तह निर्वाचनका लागि साढे ६ बजेसम्म झन्डै ६१ हजारको उम्मेदवारी दर्ता

    स्थानीय तह निर्वाचनका लागि साढे ६ बजेसम्म झन्डै ६१ हजारको उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । आगामी ३० गतेका लागि तय भएको निर्वाचनमा देशभरबाट झन्डै ६१ हजार जनाले मनोनयन दर्ता गराएका छन् ।

    निर्वाचन आयोगलाई बेलुका साढे ६ बजेसम्म प्राप्त भएको विवरणअनुसार ६० हजार नौ सय ५० जनाले मनोनयन दर्ता गराएका छन् ।



    मेयर पदमा एक हजार नौ सय १४ जना, उपमेयरमा एक हजार एक सय ७३ जना, गाउँपालिका अध्यक्षमा एक हजार नौ सय ४४ जना र उपाध्यक्ष पदमा एक हजार तीन सय १९ जनाले मनोनयन दर्ता गराएका छन् ।



    यस्तै १५ हजार दुई सय ८५ जनाले वडाध्यक्ष, नौ हजार आठ सय ९१ जनाले महिला सदस्य, आठ हजार ६ सय ७४ जनाले दलित महिला सदस्य र खुला सदस्यका लागि २० हजार सात सय ३० जनाले मनोनयन दर्ता गराएका छन् ।

    जिल्ला–जिल्लाबाट विवरण आउने क्रम चलिरहेकाले यो सङ्ख्यामा घटबढ हुन सक्ने आयोगको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार