Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • महानगर प्रमुखमा उम्मेदवारी दर्ता गर्दै सिंहले भनिन्-महानगरभित्रका गृहिणीका लागि भत्ताको व्यवस्था गरिनेछ

    महानगर प्रमुखमा उम्मेदवारी दर्ता गर्दै सिंहले भनिन्-महानगरभित्रका गृहिणीका लागि भत्ताको व्यवस्था गरिनेछ

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छन् ।

    आज मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभागृहमा पुगेर उनले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।



    उनको उम्मेदवारीको प्रस्तावकमा वर्तमान उपप्रमुख हरिप्रभा खड्गी र समर्थकमा नीलकाजी शाक्य रहेका छन्।



    उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै सिंहले आफूले महानगरभित्रका गृहिणीका लागि भत्ताको व्यवस्था गर्ने, महानगरवासीलाई वडास्तरबाटै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, महिलामैत्री काठमाडौँ निर्माण गर्ने र महानगरका महिला तथा युवावर्गलाई रोजगारमूलक तालिमको व्यवस्था गर्ने बताइन् ।

    आजै काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार