Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु

    धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । धादिङमा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको हो ।

    काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो । दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार दुर्घटनामा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको हो ।



    घाइते भएका उनीहरुको उपचारका क्रममा चालक डिलबहादुर र बिमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार