काठमाडौं । बुटवलको जंगलमा एक दम्पती मृत फेला परेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ७ शिवनगर सामुदायिक वनको जंगलमा उनीहरूको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार मृत भेटिनेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेका छन् ।
गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका उनीहरू घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply