Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नयाँ संक्रमित भेटिएपछि फेरि त्रासमै भुल्केका स्थानीयवासी

    नयाँ संक्रमित भेटिएपछि फेरि त्रासमै भुल्केका स्थानीयवासी

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 2K
    SHARES

    उदयपुर । दुई सातायता भुल्के बस्तीको नतिजामा सुधार आउन थालेपछि स्थानीय प्रशासनले केही दिनभित्रै सिल गरिएको क्षेत्रलाई क्रमशः सहज गर्दै जाने रणनीति तय गरेको थियो। स्थानीय र प्रदेश सरकारको समन्वयमा गरिएको स्वाब परीक्षणका सबै रिपोर्ट नेगेटिभ आएपछि बस्ती पनि सामान्य बन्दै गएको थियो।

    नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा उकुसमुकुस जीवन बिताइरहेका सर्वसाधारण पछिल्लो नतिजामा खुसी हुँदै क्रमशः सहज हुनेमा आशा गरेका थिए। तर, उनीहरूको त्यो खुसीमा पुनः एक पटक ‘ब्रेक’ लागेको छ। शनिबार एकाबिहानै विभिन्न सञ्चारमाध्यममा पुनः तीन जना महिलामा कोरोना भाइरस देखापरेको समाचार सार्वजनिक भएपछि स्थानीय तहमा आएको त्यो खुसी हराएको हो।



    दोस्रोपटक संकलन गरिएकामध्ये तीन जनामा संक्रमण देखिएपछि स्थानीय थप त्रसित भएका हुन्। तीन दिनअघि स्वास्थ्यकर्मीको टोलीले भुल्के क्षेत्रमा नै गई तीन सय ३४ जनाको स्वाब संकलन गरेको थियो। त्यसमध्ये धरानमा ९८ जना र विराटनगरमा २ सय ३८ जना परीक्षणका लागि पठाएकोमा ९० जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए। उनका अनुसार जिल्लामा हालसम्म एक हजार १३ जनाको स्वाब संकलन गरिएको छ।



    विराटनगर पठाइएका सबै मुस्लिम र धरान पठाइएका अन्य समुदायका छन्। त्यहीँमध्ये विराटनगर पठाइएका तीन जनामा कोरोना देखिएको प्रमुख सुवेदीले जानकारी दिए। उनले पछिल्लो रिपोर्टले सुहानुभूति दिइरहेका बेला शनिबारको रिपोर्टले त्रास फैलाएको बताए।

    त्रियुगा नगर प्रमुख बलदेव चौधरीले सामान्य बन्दै गएको गाउँमा पुनः त्रास फैलिएको बताए। उनले भने, ‘नतिजा सोचेअनुरुप आएपछि क्रमशः सिल गरिएको क्षेत्रलाई खुकुलो बनाउने रणनीति तय भएको थियो, त्यो एकाएक तोडियो।’ प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले भुल्के क्षेत्रमा थप कडाइ गरिने बताए। उनले भने, ‘सिल गरिएको बस्तीलाई हालका लागि कायम राख्दै स्वाब परीक्षणलाई तीव्रता दिइनेछ।’ अन्नपुर्ण

    स्थानीय यदुप्रसाद ढकालले सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमण फैलिँदै गएकामा चिन्ता व्यक्त गरे। उनले भने, ‘सेना प्रहरीले घरबाहिर निस्कन दिएको छैन, सावधानी पनि अपनाएकै हौँ तर घट्दो नभई बढ्दो भएकाले, प्रभावकारी कदम चलाउनुपर्ने अवस्था देखिन्छ।’ अन्नपुर्ण

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार