एजेन्सी । रियल बेटिसले भ्यालेन्सियालाई पराजित गर्दै १७ वर्षपछि स्पानिस कोपा डेल रे फुटबलको उपाधि हात पारेको छ ।
गएराति भएको फाइनलमा खेलमा बेटिसले भ्यालेन्सियालाई सुटआउटमा ५-४ ले पराजित गरेको हो । बेटिसले सन् २००५ पछि पहिलो पटक कोपा डेल रे उपाधि हो ।
सेभिलमा भएको फाइनलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । बेटिसको इतिहासमा यो चौथो ठूलो उपाधि हो ।
बेटिसले यसअघि सन् १९३४(३५ मा ला लिगाको उपाध जितेको थियो भने १९७७ र २००५ मा कपको उपाधि जितेको थियो ।
Leave a Reply