काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की मधेस प्रदेश सांसद डा. डिम्पल झाको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।
रौतहट घर भएकी उनी लोसपा नेता तथा संघीय सांसद अनिल झाको श्रीमती हुन् । क्यान्सरपीडित उनको अल्पायूमै निधन भएको छ ।
झा मधेस प्रदेशमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत बनेकी थिइन् । उनको निधनपछि मधेसवादी दलका नेताहरु सामाजिक संजालमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।
करिव दुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उनको लगातार उपचार भइरहेको थियो । पछिल्लो समय भने डाक्टरहरुकै सल्लाहमा घरमै राखेर रेखदेख भइरहेको थियो ।
Leave a Reply