काठमाडौं । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक आज बस्ने भएको छ ।
बिहान ९ बजे बस्ने बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिनेछ ।
सत्तागठबन्धनबाट महानगर र उपमहानगरमा भएका भागबन्डाअनुसार उम्मेदवार तय र विवाद देखिएका गाउँरनगरबारे छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको चुनावी समिति बैठक बस्ने भएको हो ।
बैठकले दिएको सुझावका आधारमा शीर्ष नेताहरुको बैठकले निर्णय लिने जानकारी दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका पाँच दलका शीर्ष नेताको बैठक आज अपरान्ह ३ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको छ ।
Leave a Reply