काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्नेछ । बैठकमा आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।
यसअघि, आजै गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्नेछ ।
बिहान बस्ने बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिने र निर्णय लिइने बताइएको छ । यही वैशाख ३० गते स्थानीय तहको निवार्चन हुँदैछ ।
Leave a Reply