काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार टुंगो लगाउन सत्तारूढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक जारी छ ।
शनिबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । शीर्ष नेताहरूबीच उमेदवारका नाममा सहमति जुटेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पेस गरेर निर्णय गरिनेछ ।
नेताहरू निरन्तर अनौपचारिक छलफलमा जुटेका छन् । तर, सहमति भएको छैन ।
उमेदवारका विषयमा निर्णय गर्न आज दिउँसो ३ बजेका लागि सारिएको कार्यसम्पादन समितिको बैठक स्थगित गरिएको थियो । शीर्ष नेताहरूबीच सहमति नजुट्दा बैठक स्थगित गरिएको हो ।
Leave a Reply