Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • तीन दिनसम्म मौसममा सुधार नहुने

    तीन दिनसम्म मौसममा सुधार नहुने

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 1.4K
    SHARES

    काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी मंगलबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असीना पानी पर्ने पूर्वानुमान गरेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ भने बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।



    महाशाखाका अनुसार अहिले मुलुकका पश्चिमी भू-भागमा बदली भई हावाहुरीसहित मेघ गर्जनकासाथ पानी परिरहेको छ । दिउँसोसम्म मध्य र पूर्वका केही स्थानमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार