Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • पोखराका वडा सभापतिहरु आन्दोनमा, मेयर आफूहरुले पाउनुपर्ने भन्दै कांग्रेसको पार्टी कार्यालयमा नाराबाजी

    पोखराका वडा सभापतिहरु आन्दोनमा, मेयर आफूहरुले पाउनुपर्ने भन्दै कांग्रेसको पार्टी कार्यालयमा नाराबाजी

    अनलाइन नेपाल
  • शनिबार, १० बैशाख २०७९
  • 987
    SHARES

    पोखरा । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिएको विरोधमा कांग्रेस पोखराले विरोध जनाएको छ । मेयरको उम्मेदवार आफूहरुले पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका वडा सभापतिहरुले कांग्रेसको जिल्ला पार्टी कार्यालय कास्कीमा नाराबाजी गरेका हुन् ।

    सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको भागवण्डा अनुसार पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादी पार्टीको भागमा परेको छ । तर, महानगरपालिकाको ३३ वटै वडाका सभापतिहरुले मेयरको उम्मेदवार कांग्रेसको हुनुपर्ने माग गर्दै पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।



    पोखरा महानगरपालिकाको तालमेलको विषयमा नेपाली कांग्रेसभित्र विवाद छ । जिल्लाका अधिकांश नेताहरुले केन्द्रका नेताहरुले स्थानीय तह कमजोर बनाउने गरी सहमति गरेकले स्वीकार्न नसकिने बताएका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार