Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आठवटा चोरीका स्कुटरसहित एक गिरोह नै पक्राउ, पक्राउ परेका सबै १८ वर्ष मुनिका

    आठवटा चोरीका स्कुटरसहित एक गिरोह नै पक्राउ, पक्राउ परेका सबै १८ वर्ष मुनिका

    अनलाइन नेपाल
  • शनिबार, १० बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले मोटरसाइकल चोरीमा संलग्न एउटा गिरोहलाई नै पक्राउ गरेको छ । काठमाडौं जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी हुने गुनासो प्राप्त भएपश्‍चात परिसर शुरु गरेको अप्रेसन बाइक हन्ट (इउभचबतष्यल द्यष्पभ ज्गलत) अन्तर्गत चोरीका मोटर साइकलहरू फेला पर्न थालेको प्रहरीले जनाएको छ ।

    परिसरको उक्त अभियान अन्र्तगत वैशाख ०७ गते प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले चोरीको स्कुटर सहित चोरीमा संलग्न अरुण नेपालीलाई पक्राउ गरेको थियो । नेपालीमाथि अनुसन्धान गर्ने क्रममा उनको गिरोह पक्राउ परेको परिसरले जनाएको छ ।



    प्रहरीका अनुसार नेपालीको गिरोहका ब्यक्तिहरुले काठमाडौंको विभिन्न स्थानबाट मोटरसाइकल, स्कुटर चोरी गरी ल्याएका स्कुटर लुकाई छिपाई राख्ने गरको तथ्य पनि खुल्न आएको छ ।



    त्यसैगरी सोही अभियान अन्तर्गत प्रहरी बृत्त स्वयम्भूबाट पुनः खटिएको टोलीले वैशाख ८ गते काठमाडौं महानगरपालिका–१५ चौमतीस्थित सडकखण्डबाट चोरीका ८ थान स्कुटरसहित थप चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै १८ वर्ष भन्दा कम उमेरका रहेको पनि खुलेको छ ।

    पक्राउ पर्नेहरुमा धुलिखेल नगरपालिका–११, काभ्रे घर भएका १८ वर्षिया अरुण नेपाली, निलकण्ठ नगरपालिका–१० सिम्ले ज्यामरुङ, धादिङ्ग घर भई हाल क्षेत्रपाटी बस्ने १८ वषिया प्रदीप नेपाली, काठमाडौं महानगरपालिका–१८ नरदेवीका १४ वर्षिया रामसुन्दर मानन्धर, नमोबुद्ध नगरपालिका–६ रोशीखोला, काभ्रे घर भई हाल नरदेवी नै बस्ने १८ वर्षिया विवेश लामा र सिसामिया दाङ घर भई हाल काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने १८ वर्षिया सूर्य परियार रहेका छन् ।

    बरामद गरिएका ८ वटा स्कुटरको विवरण

    १. इन्जिन नं. JF21E9203153, च्यासिस नं. ME4JF213EB8180989 भएको रातो रङको बा.46 प 8079 नम्बरको Aviator स्कुटर थान- १ ।

    २. इन्जिन नं. JF39E-72210579, च्यासिस नं. ME4JF39DEJ7129554 भएको रातो कालो रङको बा.९६ प ३५९९ नम्बरको Dio स्कुटर थान- १ ।

    ३. इन्जिन नं. JF16F-A8GM09398 भएको कालो रङको बा.३२ प १४७७ नम्बरको Pleasure स्कुटर थान – १ ।

    ४. इन्जिन नं. JF39E-7-0063702, च्यासिस नं. ME4JF392LD7063671 भएको रातो कालो रङको बा.६० प ५४११ नम्बरको Dio स्कुटर थान- १ ।

    ५. इन्जिन नं. JF39E-8-0089238, च्यासिस नं. ME4JF392BF8089188भएको रातो कालो रङको बा.६७ प 4613 नम्बरको Dio स्कुटर थान- १ ।

    ६. इन्जिन नं. JF39F-8-1087436, च्यासिस नं. ME4JF399JG803650 भएको रातो सेतो रङको बा.६७ प 4613 नम्बरको Dio स्कुटर थान- १ ।

    ७. इन्जिन नं. JF21E-9203153, च्यासिस नं. ME4JF213EB8180989 भएको कलेजी रङको बा.४६ प 8079 नम्बरको Aviator स्कुटर थान- १ ।

    ८. इन्जिन नं. JF16EA8GK09951 भएको कलेजी रङको बा.३१ प 3758 नम्बरको Pleasure स्कुटर थान- १ ।

    साथै चाेरहरु उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार चोरी सम्बन्धी कसुरमा काठमाण्डौं जिल्ला अदालत काठमाण्डौंबाट दिन-५ को म्याद थप अनुमति लिई प्रहरी बृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

    उक्त स्कुटर धनीहरुलाई आवश्यक कागजातसहित प्रहरी बृत्त स्वयम्भूमा सम्पर्क राख्न हुनको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौंले अनुरोध समेत गरेकाे छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार