Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • आज(बैशाख २८)आइतवारको राशिफल

    आज(बैशाख २८)आइतवारको राशिफल

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 1.6K
    SHARES

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्य विग्रन सक्छ, सचेत रहनु होला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सामाजिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।



    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।



    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रेमीको सहयोग पाईनेछ । नजिकको आफन्त र मित्रसँग प्रविधि मार्फत भेटघाट हुनेछ । साथै सफल नयाँ योजन पनि देखिन्छन् ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । नजिकका व्यक्तिबाट गरेको कार्यमा वाधा आइपर्ला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्व ईच्छाको भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रोकिएका र अधूरा कार्य पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यहरू विस्तारै सहज हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा विशेष बढ्ने र सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार