काठमाडौं । स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन एमालेको बैठक आज बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सचिवालय बैठक दिउँसो ३ बस्ने भएको हो ।
स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेद्वारबारे निर्णय गर्न र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
आइतबार र सोमबार उम्मेदवारी दर्ताको लागि निर्वाचन आयोगले समय निर्धारण गरेको छ ।
Leave a Reply