Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • हिंसा भड्काउन सघाउ पुर्‍याएको भन्दै टिकटकले डिलिट गर्‍यो ६५ लाख पाकिस्तानी भिडियो

    हिंसा भड्काउन सघाउ पुर्‍याएको भन्दै टिकटकले डिलिट गर्‍यो ६५ लाख पाकिस्तानी भिडियो

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.8K
    SHARES

    फाइल फोटो

    एजेन्सी । पाकिस्तानीले बनाएका ६५ हजार भिडियो टिकटकले हटाइदिएको छ । छोटा भिडियो पोस्ट गर्न मिल्ने सामाजिक सञ्जालको रुपमा रहेको टिकटकबाट हिंसा भड्काउन सघाउ पु¥याउने भिडियोहरू हटाएको जनाइएको छ ।

    टिकटककै सामाजिक निर्देशिका अनुसार पनि ती भिडियोहरू राखिरहनु उपयुक्त नहुने ठानेर हटाइएको हो । अति धेरै भिडियोहरु एकै चरणमा हटाइएका देशहरूमध्ये पाकिस्तान तेस्रो भएको समाचारमा जनाइएको छ ।



    हालै सार्वजनिक भएको सामाजिक निर्देशिका उलङ्घनसम्बन्धी प्रतिवेदनका अनुसार पाकिस्तानीले बनाएको ६५ लाख ६३ हजार ५९४ ओटा भिडियो हटाइएको हो । सोही अवधिमा कूल आठ करोड ५७ लाख ९४ हजार २२२ ओटा भिडियो हटाइएको छ ।



    सामाजिक सञ्जालको रूपमा टिकटक पछिल्लो समय दिनप्रति दिन लोकप्रिय हुँदै गइरहेको छ । सोही अनुपातमा विकृति र विसङगति पनि बढिरहेको पाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार