Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • निर्माण व्यवसायीहरुले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने

    निर्माण व्यवसायीहरुले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.9K
    SHARES

    काठमाडौँ । निर्माण व्यवसायी (ठेकेदारहरू)ले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् ।

    नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार पत्रकार सम्मेलन नै गरेर आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द (कन्स्ट्रक्सन होलिडे) गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो ।



    ठेक्का लिँदाको तुलनामा अहिले निर्माण सामग्रीको मूल्य अत्याधिक बढेकाले सो मूल्यवृद्धि समायोजन नभएसम्म आयोजनाको काम रोकिने महासंघका अध्यक्ष रवि सिंहले बताए ।



    उनले भने ‘ठेक्का लिने बेलामा भन्दा अहिले कतिपय निर्माण सामग्रीको मूल्य दोब्बरसम्म भएको छ, हामीले गोजीबाट रकम हालेर काम गर्न त सक्दैनौं, जबसम्म मूल्यवृद्धि समायोजन हुँदैन तबसम्म काम अघि बढ्दैन ।’ यद्यपि अत्यावश्यक कामले भने निरन्तरता पाउने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार