Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतले दियो काउन्टर जवाफ,भारतीय भूमिमै सडक बनाएको दाबी

    भारतले दियो काउन्टर जवाफ,भारतीय भूमिमै सडक बनाएको दाबी

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 3.5K
    SHARES

    काठमाडाैँ। भारतले लिपुलेक, कालापानी क्षेत्रमा अतिक्रमण गरी सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै नेपाल सरकारले बिरोध जनाएपछि त्यसको बारेमा भारतले काउन्टर जवाफ दिएको छ ।

    नेपालको परराष्ट्र मन्त्रालयले शनिबार अपराह्न एक विज्ञप्ति जारी गर्दै सो एकपक्षीय कदमले दुई देशबीचको द्विपक्षीय सहमती र दुई देशका प्रधानमन्त्री तहमा भएको समझदारीको पनि उल्लंघन गरेको जनाएको थियो।



    त्यस्तै,  दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाएकोमा आपत्ति जनाउँदै नेपाली भूमीमा जारी राखेको सडक निर्माण कार्य तत्काल रोक्न समेत आग्रह गरेका थिए ।



    आज साँझ भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उक्त सडक भारतीय भूमिमै बनाएको दाबी गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ-‘उत्तराखण्ड राज्यको पिथौरागढ़ जिल्लामा भर्खरै उद्घाटन गरिएको सडकखण्ड पूर्ण रूपमा भारतको इलाकामा अवस्थित छ।

    सडक कैलास मानसरोवर यात्राका तीर्थयात्रीहरूले प्रयोग गरेको पूर्व अवस्थित मार्ग अनुसरण गर्दछ। हालको परियोजना अन्तर्गत, तीर्थयात्रा, स्थानीय र व्यापारीहरूको सहज र सुविधाको लागि उही सडक पक्का गरिएको छ।’

    विज्ञप्तिमा कूटनीतिक वार्ताबाट र नेपालसँगको भारतको घनिष्ट र मैत्री द्विपक्षीय सम्बन्धको भावनामा उल्लेखनीय सीमा समस्याहरूको समाधान गर्न भारत प्रतिबद्ध रहेको जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार