Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • चार अमेरिकी सिनेटरको टोली आज नेपाल आउँदै

    चार अमेरिकी सिनेटरको टोली आज नेपाल आउँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । अमेरिकाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका सांसदहरूको एक समूह तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै छ ।

    अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार जना सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की आज बेलुका नेपाल आइपुग्ने भएका हुन् ।



    उनीहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउँदै छन् । नेपाल अमेरिका कुटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा यो भ्रमण हुन लागेको हो । अमेरिकी संसदीय टोलीले नेपाल भ्रमणका क्रममा रुसले युक्रेनमाथि गरेको आक्रमणलगायतका विषयमा पनि छलफल गर्नेछ ।



    टोलीका सदस्य मार्क केली नासाका पूर्वअन्तरिक्ष यात्रीसमेत हुन् । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण संसदीय समितिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    अमेरिकी सिनेटरको टोली आइतबार नेपालबाट फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यो टोली नेपालसहित पोल्याण्ड, युएई, भारत र जर्मनीको ९ दिने भ्रमणमा निस्किएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार