Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • डिएसपीमाथि मुक्का हान्ने चिनियाँ भिभो मोबाइल कम्पनीका कन्ट्री म्यानेजर

    डिएसपीमाथि मुक्का हान्ने चिनियाँ भिभो मोबाइल कम्पनीका कन्ट्री म्यानेजर

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । लकडाउन उलंघन गर्दै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलगेट अगाडि प्रदर्शनका क्रममा प्रहरीमाथि कुटपिट गर्दा पक्राउ परेका चिनियाँहरुमध्ये एकजना नेपालस्थित भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ रहेको खुलेको छ ।

    गेभिन नाम गरेका ती ब्यक्तिसहित करिब ५० जना चिनियाँ नागरिकले निषेधित क्षेत्र घोषित सिंहदरबार अगाडि धर्ना दिँदै प्रहरीमाथि आक्रमण गरेका थिए ।



    चिनियाँ कम्पनी भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ गेभिनसहित चार चिनियाँ नागरिक लकडाउनको समयमा प्रर्दशन गर्ने कम्रमा पक्राउ परेका परेका छन् । उनले सिंहदरबार गेटअगाडि एकजना प्रहरी नायव निरीक्षकको बर्दीमा समातेर तानेका थिए भने अन्य प्रहरीमाथि पनि जाइ लागेका थिए।



    सिंहदरबार अगाडि डिएसपी हरिबहादुर बस्‍नेतसहितलाई रगताम्य हुने गरी कुटपिटमा संलग्‍न ती चिनियाँविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको हो। ३२ वर्षीय गेभिन र ३३ वर्षीय एलई ओ लाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ। अन्य दुईजनालाई सिंहदरबार बृत्तको हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ। भिभोका कन्ट्री म्यानेजर गेभिन उनका साथीहरु राजधानीको लाजिम्पाटमा फ्ल्याटमा बस्दै आएको खुलेको छ।

    महानगरीय प्रहरी वृत टेकुका अनुसार पक्राउ गरिएका ७० जना चिनियाँ नागरिकमध्येमा ४३ जनालाई छोडिएको छ। पक्राउ परेका ती चार जनालाई अभद्र व्यवहारमा मुद्दा चल्ने छ ।

    सिंहदरबार अगाडि प्रर्दशन गर्ने क्रममा ४७ जना पक्राउ परेका थिए। ती नागरिक घर जान पाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका थिए। उनीहरु लकडाउनको उलंघन गर्दै ‘वी वान्ट टु गो ब्यााक होम’ प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार