काठमाडौं । महानगर र उपमहानगरपालिकाको उम्मेदवारको विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।
आज दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्न लागेको हो ।
बैठकले उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने बताइएको छ । महानगर र उपमहानगरपालिकाको उम्मेद्वारको विषयमा छलफल समेत हुने छ ।
सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा टुंगो लगाएर सिट बाँडफाँट गरेपछि प्रमुख प्रतिपक्षी एमालेको सचिवालय बैठक बस्न लागेको छ ।
यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।
Leave a Reply