काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समय, काल, परिस्थिति र जनभावना अनुरुप विचार र बाटो परिमार्जन गर्न नसक्नेहरू जडसुत्रमा पतन हुने टिप्पणी गरेका छन् ।
देशको धरातलीय यथार्थ र जनभावना दृष्टिगत गर्दै आफूले ‘सम्वर्द्धनवाद’ को बाटो रोजेको उनले बताए । उनले विपीको राष्ट्रिय मेलमिलाप नीतिले बहुदल ल्याएर कांग्रेस जोगिएको समेत बताए । मदन भण्डारीको जबजले नेपाली कम्युनिष्ट आन्दोलन पतन हुनबाट जोगिएको उनको भनाई छ ।
सामाजिक सन्जालमार्फत अध्यक्ष थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षागर्दै राष्ट्रियता, लोकतन्त्र र हिन्दुत्वको जगमा समृद्ध नेपाल निर्माणगर्ने सम्वर्द्धनवादको विचारले नेपाली राष्ट्रवादी आन्दोलनलाई बताउने उनको दाबी छ ।
‘ईतिहासमा राजसंस्थाले गरेका राम्रा कामको सम्मान गर्दै जन सर्वोच्चताको बाटोमा हिड्नु वर्तमान समयको माग हो ।
‘कुनै कालखण्डमा असल ठहरिएका विचार सर्वकालिक र शास्वत हुँदैनन्,’उनले भनेका छन्, ‘कालान्तरमा ती विचार असान्दर्भिक हुनसक्छन्। हिजो विपी, मदनलाई गाली गर्नेहरू आज उनीहरूको दूरदर्शिताको प्रशंसा गर्छन्।’
समय,काल,परिस्थिति र जनभावना अनुरुप विचार र बाटो परिमार्जन गर्न नसक्नेहरु जडसुत्रमा पतन हुन्छन्।विपीको राष्ट्रिय मेलमिलाप नीतिले बहुदल ल्यायो,कंग्रेस जोगियो।मदन भण्डारीको जबजले नेपाली कम्युनिष्ट आन्दोलन पतन हुनबाट जोगियो।
— Kamal Thapa (@KTnepal) April 21, 2022
Leave a Reply