Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नगरपालिकाले दिएको गाडीमार्फत गाँजा तस्करी! एसपीमाथि छानविनको माग

    नगरपालिकाले दिएको गाडीमार्फत गाँजा तस्करी! एसपीमाथि छानविनको माग

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 6K
    SHARES

    चितवन। केही दिन यता नेपाल प्रहरीले गाँजा तस्करलाई संरक्षण गर्न थालेपछि शसस्त्र प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गर्न थालेको छ। मकवानपुरमा केही दिन अघि मात्र शसस्त्रको टोली ५० केजी गाँजा बरामद गरेको थियो।

    पछिल्लो समय चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङको कमजोर कमाण्डका कारण चितवनमा आपराधिक कृयाकलाप बढ्न थालेको छ।



    चितवनमा प्रहरीकै मिलेमतोमा नगरपालिकाको गाडीमा गाँजा तस्करी गर्न खोजिएको स्थानीयले खुलेरै आरोप लगाएपछि एसपी गुरुङमाथि अनुसन्धानको माग बढेको छ।



    संकास्पद काममा प्रयोग गरिएको भन्दै रत्ननगर नगरपालिकाले लकडाउन प्रभावकारी वनाउन सिमित अवधिका लागि दिएको गाडी फिर्ता गर्न इलाका प्रहरी कार्यालय रत्ननगरलाई निर्देशन दिएको छ ।

    नगरपालिका भन्दा वाहिर अन्य प्रयोजनका लागि गाडी प्रयोग भएको पाईएपछि नगरपालिकाले पूर्ववत अवस्थामा गाडी फिर्ता गर्न निर्देशन दिएको हो ।

    रत्ननगरले दिएको गाडी शुक्रवार राती राप्ती नगरपालिकामा तस्करीको गाँजा बरामद गरि फर्कदै गर्दा स्थानीयवासीसँगको झडपका क्रममा तोडफोड भएको थियो ।

    प्रहरीकै मिलेमतोमा नगरपालिकाको गाडीमा गाँजा तस्करी गर्न खोजिएको स्थानीयको आरोप छ । लकडाउनको समयमा गाँजा तस्करलाई चितवन प्रहरीले संरक्षण गरेको भन्दै आक्रोशित बनेका स्थानीयलाई प्रहरीले एकाएक दमन गर्नु प्रहरीकै संरक्षणमा गाजा खेती खुलेआम भइरहेको एक स्थानिय वताउंछन् ।

    यो घटना वाहिर आएपछि नगरपालिकाले इलाका प्रहरी कार्यालय प्रति असन्तुष्ठी जनाउँदै गाडी फिर्ता गर्न भनेको हो ।

    रत्ननगर क्षेत्रमा लकडाउन प्रभावकारी कार्यान्वयनका लागि भन्दै नगरपालिकाले लकडाउन सुरु भएपछि टाँडी प्रहरीलाई बा १२ च २७१ नम्वरको गाडी यो संक्रमणकालिन अवस्थालाई मध्यनजर गर्दै दिएको थियो ।

    शुक्रबार राती झडपमा परि प्रहरीतर्फ तीन जना घाइते भएका छन् भने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अबैध ३४ केजी गाँजा बरामद गरेको पनि जनाएको छ।

    यता नगरपालिकाको अनुमती नलिई कार्य क्षेत्र भन्दा वाहिर अन्य प्रयोजनका लागि गाडी प्रयोग गरेको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले शनिवार विज्ञप्ती जारी गरि प्रहरी प्रति असन्तुष्ठी जनाउँदै गाडी फिर्ता गर्न भनेका हुन् ।

    विज्ञप्तीमा नगरपालिकाको अनुमती नलिई इलाका प्रहरी कार्यालय टाँडी रत्ननगरबाट अन्य प्रयोजनका लागि प्रयोग भएको देखिएको,नेपाल प्रहरी र स्थानीयवासीबीच झडप भई हवाई फायर समेत गर्नु पर्ने अवस्था सिर्जना भएको र नगरपालिकाको सवारी साधन तोडफोड भई क्षती भएको घटनाको नगरपालिकाले खेद प्रकट गरेको उल्लेख छ ।

    सो सवारी साधन पूर्ववत अवस्थामानै अविलम्व फिर्ता गर्न इलाका प्रहरी कार्यालय रत्ननगरलाई निर्देशन समेत दिईएको छ । सो घटनाको अनुसन्धान गर्नका लागि  सम्वन्धित निकायलाई रत्ननगर नगरपालिकाले अनुरोध पनि गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार