Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कोरोना अपडेट: ७१ हजार भन्दा बढीकाे नमूना परीक्षण, संक्रमितकाे अवस्था सामान्य

    कोरोना अपडेट: ७१ हजार भन्दा बढीकाे नमूना परीक्षण, संक्रमितकाे अवस्था सामान्य

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । नेपालमा काेराेना भाइरस लागेकाे शंकामा हालसम्म पीसीआर र आरडीटी बिधिबाट ७१ हजार भन्दा धेरैको कोरोना परीक्षण भएकाे छ । पीसीआर विधिबाट १६ हजार ३ सय ९ वटा नमूना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ५५ हजार ९ सय ३० वटा नमूना परीक्षण गरिएकाे छ। पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४२ वटा परीक्षण आरडीटी विधिबाट भएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित लाइभ अपडेत मार्फत प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ प्रदेश नम्बर ५ मा ३० र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेकाे बताए।



    यो तथ्यांकलाई हेर्दा प्रदेश १ मा सबैभन्दा बढी संक्रमित भेटिएको छ भने । प्रदेश २ र प्रदेश ५ मा पनि संक्रमितको संख्या बढी छ । डा देवकोटाका अनुसार कोरोना संक्रमण पुष्टि भएका क्षेत्रहरुमा पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा बढाइएको छ ।



    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको स्वास्थ्य समूहका टोलीले कोरोना संक्रमित क्षेत्रमा ५ हजार भन्दा बढीको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने अभियान शुरु गरेको छ ।

    प्रवक्ता डा देवकोटाका अनुसार कोरोना संक्रमति देखिएको प्रदेश २ को रौतहट, बारा र पर्सा जिल्ला र प्रदेश ५ का संक्रमित भेटिएका जिल्लाहरुमा ५हजार ३ सय २० भन्दा बढी व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि टोली खटिएको हो । विभिन्न अस्पतालमा उपचारत ७८ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    नेपालमा १ सय ९ जना कोरोना संक्रमित मध्ये ३१ जना निको भएर घर फर्किएका छन् भने ७५ जना विभिन्न अस्पतालमा आइसोलेसनमा चिकित्सकको निगरानीमा रहेका छन् ।

    डा देवकोटाका अनुसार वीरगञ्जमा २७, वीराटनगरमा २०, रुपन्देहीमा ६, नेपालगञ्जमा २४ र भरतपुरमा एकजना गरी ७८ संक्रमितहरु आइसोलेसनमा उपचारत छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार