Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • ‘ग्रीड कनेक्सन’ गुरुयोजना तयार पार्न बिमस्टेक मुलुक सहमत

    ‘ग्रीड कनेक्सन’ गुरुयोजना तयार पार्न बिमस्टेक मुलुक सहमत

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 1K
    SHARES

    sf7df8f}F, & j}zfv . pmhf{, hn;|f]t tyf l;+rfO{dGqL kDkmf e';fn pmhf{ dlGq:t/Lo t];|f] ljd:6]s a}7snfO{ a'waf/ k//fi6«dGqfnodf cfof]lht sfo{qmddf ;Daf]wg ub}{ . a}7ssf] cWoIftf g]kfnn] u/]sf] 5 . tl:a/ M /Tg >]i7, /f;; .

    काठमाडौं । बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक सम्पन्न भएको छ ।

    भर्चुअल माध्यमबाट सम्पन्न भएको बैठकमा बिजुली व्यापारमा महत्वपूर्ण सफलता मिलेको छ ।



    बैठकमा ऊर्जा व्यापार सहजीकरण, ‘ग्रीड कनेक्सन’ गुरुयोजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्न बिमस्टेक मुलुक सहमत बनेका हुन् ।



    भर्चुअल माध्यमबाट सम्पन्न भएको बैठकले ऊर्जा व्यापार सहजीकरण गर्ने, ‘ग्रीड कनेक्सन’ सम्बन्धी गुरु योजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्नेलगायतका विषयमा सहमति गर्दै १२ बुँदे संयुक्त वक्तव्य जारी गरेको छ ।

    ठकमा ग्रिड अन्तर सम्बन्ध कार्यान्वयन तथा आवश्यक कार्ययोजना तयार गर्न र ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन कोअर्डिनेशन कमिटी’ स्थापना गर्न सहमति भएका ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

    एसियाली विकास बैंकको सहयोगमा बिमस्टेक ग्रीड पारस्परिक जडान समन्वय समितिसम्बन्धी गुरुयोजना बनाउन पनि बैठक सहमत भएको छ ।बैठक ग्रिड अन्तर सम्बन्ध कार्यान्वयन तथा आवश्यक कार्ययोजना तयार गर्नका लागि ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन कोअर्डिनेशन कमिटी’ स्थापना गर्न सहमत भएको वक्तव्यमा उल्लेख छ ।

    एसियाली विकास बैंक (एडीबी) को सहयोगमा बिम्सटेक ग्रीड पारस्पारिक जडान समन्वय समितिसम्बन्धी गुरुयोजना बनाउन पनि बैठक सहमत भएको छ ।

    त्यसैगरी ऊर्जा व्यापारका लागि नीति एवं ट्यारिफ प्रणाली विकास गर्न पनि बैठकले स्वीकार गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार