काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलहरूको छुट्टाछुट्टै बैठक बसिरहको छ ।
महानगर र उपमहानगरको सिट बाँडफाँटको टुंगो लगाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले गठबन्धनमा आबद्ध पाँच दलको छुट्टाछुट्टै बैठक बसिरहेको हो ।
सत्ता गठबन्धनले तीन दिनदेखि निरन्तर छलफल गरे पनि महानगर र उपमहानगरको सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन ।
आइतबार, सोमबार र मंगलबार दिनभर छलफल गरेका पाँच दलका शीर्ष नेताहरूले मंगलबार त आधा रातसम्म छलफल गरेका थिए ।
तीन दिनसम्म भएको छलफल र समझदारीबमोजिम बुधबार त्यसलाई अन्तिम रुप दिन निर्णायक बैठक बसेको नेताहरूले दाबी गरेका छन् ।
Leave a Reply