बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२३ मा नेकपा एमालेका दुई पक्षबीच झडप हुँदा वडा अध्यक्षसहित ६ जना घाइते भएका छन् ।
वडा अध्यक्ष असलम देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
बाटोको विषयमा विवाद हुँदा उनीहरूबीच झडप भएको हाे । उनका अनुसार दुई पक्षबीच भएको झडपमा वडा अध्यक्ष देवानसहित ६ जना घाइते भएका छन् ।
झडपमा परी वडा अध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका छन् । उनीहरूको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् । उनीहरूको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ ।
Leave a Reply