Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • युक्रेनसँग लड्न रुसी सेनामा भर्ती हुन इथियोपियामा युवाहरूको भिड

    युक्रेनसँग लड्न रुसी सेनामा भर्ती हुन इथियोपियामा युवाहरूको भिड

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 1K
    SHARES

    एजेन्सी । इथियोपियाको राजधानी अडिस अवावास्थित रुसी दूतावासमा अहिले दर्जनौँ युवाहरूको भिड लाग्ने गरेको छ ।

    युक्रेनमा लड्नका लागि रुसी सरकारले सेनामा भर्ती खुला गरेको हल्ला चलेपछि उनीहरू त्यसरी त्यहाँ जम्मा भएका थिए ।



    तर, पछि दूतावासका महिला प्रवक्ता मारिया चेर्नुखिनाले इथियोपियामा रुसका लागि सेनामा भर्ति नखुलाइएको स्पष्ट पारेकी थिइन् । उनले बताएकी छन्, “इथियोपियाली युवाहरूको भिडले रुसप्रति ऐक्यबद्धता जाहेर गरेका छन् ।



    रुसको समर्थनका लागि थुप्रै व्यक्ति दूतावास सम्म आइपुगेका छन् । तीमध्ये केहीले हामीलाई आफूहरू चाहेको मद्दत गर्न तयार रहेको बताएका थिए । तर हामी सेना भर्ति गर्ने निकाय हैनौँ ।”

    अधिकांश इथियोपियालीहरू त्यहाँ आवश्यक व्यक्तिगत कागजात लिएर उपस्थित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार