Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • चितवन कांग्रेस सभापतिलाई बोलाएर देउवाले भने– भरतपुर माओवादीलाई दिनपर्ने भयो, जिल्लाको माहोल सम्हाल्नुहोस्

    चितवन कांग्रेस सभापतिलाई बोलाएर देउवाले भने– भरतपुर माओवादीलाई दिनपर्ने भयो, जिल्लाको माहोल सम्हाल्नुहोस्

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धित प्रदेश र जिल्लाका नेताहरूसँग छलफल गरेका छन् ।

    स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा महानगर र उपमहानगरको सिट बाँडफाँडमा समस्या भएपछि देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयर पद छाड्नुपर्ने बताएका छन् ।



    मंगलबार चितवन जिल्ला सभापति राजेश्वर खनाललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले भरतपुरको मेयर पद माओवादी केन्द्रलाई दिनुपर्ने बताएका हुन् ।



    गठबन्धन दलले सोमबार दिनभर छलफल गरेर पनि महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखको सिट बाँडफाँट टुंग्याउन सकेका छैनन् ।

    ‘काठमाडौं, ललितपुर र विराटनगर हामीले लिनुपर्ने भयो, भरतपुर माओवादीलाई दिनपर्ने भयो, तपाईंले जिल्लाको माहोल सम्हाल्नुपर्‍यो’ देउवाले खनालसँग भनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार