काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरेका छन् । साथै उनले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेको भोलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सर्ने कुनै सम्भावना नरहेको बताएका हुन् ।
मंगलबार राजधानीमा पत्रकारसँग भएको अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन हुँदैन कि भनेर आशंका नगर्न आग्रह गरेका हुन् ।
एमाले केन्द्रीय सचिवालयको सोमबारको केन्द्रीय सचिवालय बैठकले सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँटलाई लिएर भइरहेको किचलोका कारण सरकारले भित्रभित्रै निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको निष्कर्ष निकालेको थियो ।
Leave a Reply