Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • युक्रेन-रुस युद्ध : ‘युक्रेनका गाउँमा बुढापाका मात्रै बाँकी, भन्छन्-प्रतिरक्षा गर्छौं’

    युक्रेन-रुस युद्ध : ‘युक्रेनका गाउँमा बुढापाका मात्रै बाँकी, भन्छन्-प्रतिरक्षा गर्छौं’

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनको पूर्वी दोन्बास क्षेत्रको सेर्हिभ्का गाउँमा अहिले युवाहरूको उपस्थिति करिब शून्य स्थितिमा छ ।

    अहिले त्यहाँ करिब १ हजार ५०० मानिस बाँकी रहेका छन् । गाउँको मध्य भागमा आइतबारसम्म पनि टन्न मानिस थिए ।



    तर युद्धको अग्रमोर्चादेखि करिब ५० किलोमिटर मात्र टाढा रहेको यस गाउँको पूर्व र दक्षिण भाग मानव सङ्ख्या शून्य अवस्थामा पुग्न लागेको छ । त्यहाँ बाँकी रहेका करिब ३०० मानिसमध्ये अधिकांश वृद्धवृद्धा छन् ।



    राइफल भिरेका, भूभाग प्रतिरक्षा एकाइका एक सदस्य ५९ मिकोला लुहिनेत्स भन्छन्, ‘मैले यही बसेर जीवन बिताइसकेको छु । म सेर्हिभ्कामा बसेर नै आवश्यक परेको खण्डमा यसको प्रतिरक्षा गर्नेछु ।’

    युक्रेनका विभिन्न भागबाट भइरहको जनसङ्ख्या पलायनलाई विश्लेषण गर्ने हो भने युवाहरू सुरक्षित स्थानको खोजिमा जाने र बुढापाकाहरू मत्र जहाँको त्यही रहने गरेको देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार