काठमाडौं । बालुवाटारमा जारी सत्ता गठबन्धनको दोस्रो चरणको बैठक पनि सकिएको छ ।
महानगर, उपमहानगर र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सोमबार दिनभर नै बसेको थियो ।
सत्तारुढ गठबन्धनको सोमबार बालुवाटारमा बसेको दोस्रो बैठकबाट नेपाली कांग्रेसले तीनवटा महानगरपालिका लिने सहमति जुटेको हो।
यस्तै नेकपा माओवादी केन्द्रलाई भरतपुर, जनता समाजवादी पार्टीलाई वीरगञ्ज महानगर दिने सहमति भएको बताइएको छ । पोखरा महानगरको हकमा भने गठबन्धन अझै अनिर्णित भएको छ। पोखरामाथि एकीकृत समाजवादीले दाबी गरेको छ।
बैठक सहमतिनजिक पुगेको र मंगलबार बिहान ११ बजे बस्ने गरी सकिएको सहभागी नेताहरुले जानकारी दिएका छन् । छ महानगर र ११ महानगरमा सत्तागठबन्धनबीच चुनावी तालमेल हुँदैछ।
Leave a Reply