Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • मेलिना राई र रमेश राईको ‘मकै पिन्नु जाँतोमा’ गीत सार्वजनिक

    मेलिना राई र रमेश राईको ‘मकै पिन्नु जाँतोमा’ गीत सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । गायिका मेलिना राई र गायक रमेश राईको आवाज रहेको ‘मकै पिन्नु जाँतोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    प्रेमिल शैलीको गीतमा निशा नेम्वाङको शब्द र विष्णु पोल्वाङ्छा चाम्लिङ राईको सङ्गीत रहेको छ । गीतलाई राजु कार्कीले सङ्गीत संयोजन गरेका छन् । ‘मकै पिन्नु जाँतोमा, धानचाहिँ ढिकीमा’, ‘सोल्टिनीलाई नमस्ते पहिलो भेटैमा’ ‘पिठो चाल्नु चाल्नीमा, चामल नाङ्लोमा’, ‘सोल्टीज्यूलाई नमस्ते पहिलो भेटैमा’ ‘बोलाउँदैमा नसुने झँै किन ग¥या होला, ‘पहिलो भेटमै मेरोपछि किन लाग्या होला’, ‘आँखा लोभी मन पापी अल्लारे सोल्टीको, हिम्मत भए भने हुन्छ खाँटी कुरो के हो’ लगायत बोलका गीत प्रस्तुत गरिएको छ ।



    म्युजिक भिडियोमा बीना राउत, सुन्दर घलान र रमेश राईको अभिनय रहेको छ । सनम तामाङले छायाङ्कन गरेको यस भिडियोमा केशवराज भट्टको कोरियोग्राफी रहेको छ ।



    अर्जुन खड्काको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । गायक राईको युट्युब च्यानल ‘रमेश राई’ मार्फत् भिडियो सार्वजनिक भएको हो । निर्माण समूहले भिडियोलाई हेरेर प्रतिक्रिया दिन आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार