Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • पत्रकार सम्मेलनमा प्रचण्डले भने–निर्वाचन कुनै हालतमा सर्दैन

    पत्रकार सम्मेलनमा प्रचण्डले भने–निर्वाचन कुनै हालतमा सर्दैन

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 972
    SHARES

    फाइल तस्विर

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन कुनै हालतमा पनि नसर्ने बताएका छन् ।

    अनुमानको भरमा निर्वाचन सर्छ कि भन्ने चर्चा चल्ने गरेको भएता पनि निर्वाचन कुनै हालतमा पनि नसर्ने बताएका हुन् ।



    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै दाहालले सोमबार भने, ‘सरकार र गठबन्धनको निर्वाचन सार्ने कुनै मनसाय छैन ।’



    उनले नेपालमा मतदानको दिनसमेत निर्वाचन सर्छ भन्ने चर्चा हुने गरेको भन्दै अहिले निर्वाचन सर्ने चर्चामा कुनै सत्यता नभएको बताए ।

    दाहालले वैशाख ३० गतेको निर्वाचनका लागि सत्तारुढ गठबन्धन एकताबद्ध भएर जाने तयारीमा रहेको दाबी गरे । उनले सोमबार नै महानगर र उपमहानगरमा चुनाव तालमेलबारे निर्णय हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार