Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रहरीमाथि हातपात गर्ने चिनियाँ ६ महिना अघि नेपाल आएका थिए

    प्रहरीमाथि हातपात गर्ने चिनियाँ ६ महिना अघि नेपाल आएका थिए

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । ६ महिना अघि नेपाल आएका चिनियाँ नागरिकले प्रहरीमाथि हातपात गरेकाे प्रमाणित भएपछि महानगरीय प्रहरी परिसर काठमाडाैँले मुद्दा दर्ता गर्ने तयारी गरकाे छ।

    काठमाडौंको सिंहदरबार अगाडि शुक्रबार अपरान्ह ठुलो संख्यामा चिनियाँ नागरिकको हुल देखिएकाे थियाे । करिब ४७ जनाकाे समुहमा रहेका चिनियाँ नागरिकलाई पछ्याउदैं गर्दा उनीहरु सिंहदरबार अगाडि पुगेर रोकिए ।



    र त्यहाँ स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै उनीहरू धर्नामा बसे। साेही क्रममा चिनियाँ नागरिक र प्रहरीबीच झडप समेत भएकाे थियाे । विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको थियाे।



    सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि चिनियाँ नागरिकहरुले प्रहरीमाथि ढुंगामुढा गरेकाे थिए। जसमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका थिए।

    देश फर्कन पाउनुपर्ने माग गर्दै शुक्रबार प्रदर्शनका क्रममा डिउटीमा खटिएका प्रहरीमाथि हातपात गरेकाे प्रमाणित भएपछि ४ चिनियाँ नागरिकमाथि प्रहरीले मुद्दा दर्ता गर्ने तयारी गरेकाे हाे।

    अभद्र व्यवहार गरेको भन्दै प्रहरीले मुद्दा चलाउने जनायो। सिंहदरबार अगाडिबाट पक्राउ परेका ४७ जना मध्ये ४३ जनालाई शुक्रबार राति नै छोडिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनायो। बाँकी ४ जनालाई मुद्दा चलाउने तयारी थालेको हो। निषेधित क्षेत्रमा धर्ना बसेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि हातपातसँगै अभद्र व्यवहार गरेको प्रहरीको दाबी छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार