Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • गगन थापाले भने – निर्वाचनमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन

    गगन थापाले भने – निर्वाचनमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्न नहुने बताएका छन् ।

    काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा थापाले तल्लो तहका कार्यकर्ताहरुले गठबन्धन नगरी चुनाव लड्नुपर्छ भनिरहेको बेला गठबन्धन गर्नुपर्छ भनेर माथिबाट निर्णय गरी निर्देशन दिन नहुने बताए।



    उनले जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेको भन्दा फरक परिणाम हुने बताए । आफूले सुरुदेखि नै नेतृत्व तहमा यही कुरा राखिरहेको उनले जानकारी दिए ।



    उनले कांग्रेसको चुनाव चिह्नबाट चुनाव लडेर जितेका जनप्रतिनिधिहरुले स्थानीय तहमा एक रुपैयाँ पनि अपचलन गर्दैनौं भनेर प्रतिबद्धता जनाउनुपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार