काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले पूर्णता पाएको छ । गत असोजमा अखिल क्रान्तिकारीको अधिवेशन भएको थियो ।
अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो । शनिबार र आइतबार बसेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता हितमान शाक्य, अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुंगो लगाएको हो ।
अखिल क्रान्तिकारीको पदाधिकारी ४१ सदस्यीय बनेको छ । इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, मिलन एमसी लक्ष्मी जोशीसहित १९ जना उपाध्यक्ष बनेका छन् ।
महासचिवमा दिपेश पुन चयन भएका छन् । कोषाध्यक्षमा भुषण शाही चयन भएका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी यसअघि १९९ सदस्यीय हुने भनिए पनि आइतबारको बैठकले २९९ सदस्सीय हुने निर्णय गरेको छ ।
Leave a Reply