Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रधान सेनापति शर्माले दिए विभागीय प्रमुखलाई निर्देशन

    निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रधान सेनापति शर्माले दिए विभागीय प्रमुखलाई निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाका विभागीय प्रमुखहरूलाई निर्वाचन लक्षित सुरक्षाका लागि निर्देशन दिएका छन् ।

    स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नको नेपाली सेनाका विभागीय प्रमुखहरुको उपस्थितीमा चारवटै कमान्डका कमाण्ड सेनापतिहरुलाई निर्देशन दिएका हुन् ।



    वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त भएको जिम्मेवारीहरू उचित ढङ्गले वहन तथा कार्यान्वयन गर्नका लागि आइतबार प्रधान सेनापति महारथी शर्माले चार वटै कमान्डका कमान्ड सेनापतिहरूलाई विशेष निर्देशन दिए ।



    आ-आफ्नो जिम्मेवारी क्षेत्रहरूको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्ने, जिल्ला प्रशासन कार्यालयहरू, प्रदेश एवं स्थानीय सुरक्षा निकायहरू तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरूसँग असरदार रूपमा समन्वय गरी कार्य गर्ने, देशैभरि नेपाली सेना उच्च सतर्कताका साथ रहने तथा बम डिष्पोजल टोली आवश्यकता अनुसार तयारी हालतमा राख्ने निर्देशन दिए ।

    विज्ञप्ती अनुसार प्रधानसेनापति शर्माले ‘स्थानीय तह निर्वाचन एकिकृत सुरक्षा योजना–२०७८’ मा उल्लेखित नेपाली सेना सम्बन्धी बुँदाहरुलाई अक्षरशः पालना गर्न समेत निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार