Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पल शाह प्रकरण : नाबालिग गायिकाले फेरिन् बयान

    पल शाह प्रकरण : नाबालिग गायिकाले फेरिन् बयान

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं ।  बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन्।

    आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उनले उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् ।



    पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ ।



    स्रोतका अनुसार उनले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन्।

    जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिगले ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन्।

    पललाई गत चैत २३ गते जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। पीडितले नै बयान पछि फेरेपछि मुद्दा कमजोर बनेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार