काठमाडौं । मोरङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले कुटपिट गर्दा पत्नी ३२ वर्षीया पानो टुडुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नारायणले मादक पदार्थ सेवन गरेर गत चैत २९ गते पत्नी पानोलाई कुटपिट गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । कुटपिटबाट घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको श्रेष्ठले बताए ।
मादक पदार्थ सेवनपछि विवाद उत्पन्न भएपछि घटना भएको प्रहरीले जनाएको छ। पत्नीको हत्यामा संलग्न नारायण फरार छन् । उनको खोजी भइरहेको प्रहरीको भनाई छ ।
Leave a Reply