Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • महामन्त्री शर्माको नयाँ प्रस्ताव : भरतपुर माओवादीले नछोडे मित्रवत् प्रतिस्पर्धा गरौं

    महामन्त्री शर्माको नयाँ प्रस्ताव : भरतपुर माओवादीले नछोडे मित्रवत् प्रतिस्पर्धा गरौं

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन दलसँग मित्रवत् प्रतिस्पर्धा गर्नुपर्ने नयाँ प्रस्ताव अगाडि सारेका छन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकमा महामन्त्री शर्माले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

    चितवनको भरतपुर महानगरपालिकाको प्रमुख माओवादी केन्द्रले कांग्रेसलाई नदिए मित्रवत् प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाई छ ।



    ‘२०७४ मा कांग्रेसले मेयरमा माओवादीलाई छोडेकै हो । माओवादी चाहन्छ, यो पटक पनि कांग्रेसले सघाउनुपर्छ । हामी चाहन्छौं, यो पटक माओवादीले कांग्रेसलाई छोड्नुपर्छ,’ बैठकमा महामन्त्री शर्माले भनेका थिए, ‘यदि दुवैले एक अर्कालाई नछाड्ने हो भने नयाँ र तेस्रो विकल्पमा जाऔं । मित्रवत् प्रतिस्पर्धा गरौं ।’



    महामन्त्री शर्माले आफ्नो व्यक्तिगत दृष्टिकोण देशभर एक्लै प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा रहेको समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार