Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • धनगढीको मेयरमा माओवादीबाट अधिकारी सिफारिस

    धनगढीको मेयरमा माओवादीबाट अधिकारी सिफारिस

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.6K
    SHARES

    धनगढी । नेकपा माओवादी केन्द्रको धनगढी नगर कमिटीले धनगढी उपमहानगरपालिकाको मेयरमा शान्ति अधिकारीलाई सिफारिस गरेको छ।

    नगर कमिटीको बैठकले अधिकारीलाई मेयरको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको हो।



    अधिकारी गत स्थानीय तह निर्वाचनमा माओवादीबाट धनगढीको उपमेयरको उम्मेदवार बनेकी थिइन्। त्यस्तै धनगढीको उपमेयरमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम जिल्ला समितिलाई सिफारिस गरिएको छ।



    उपमहानगरभित्र रहेका प्रदेश कमिटी तथा जिल्ला समन्वय समितिका सदस्य, पार्टीका विभिन्न आयोग र विभागका सदस्य, सल्लाहकार, नगर कमिटीका पदाधिकारीको सहितको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार