Online Nepal
  • बुधबार, २ माघ २०८१
  • विक्षिप्त भएका ओली राजावादीसँग मिलिसके, यही हो उनको असली रुप : प्रचण्ड

    विक्षिप्त भएका ओली राजावादीसँग मिलिसके, यही हो उनको असली रुप : प्रचण्ड

    ढुक्क हुनुस् हामीलाई फाइदा हुनेगरी गठबन्धनको निर्णय आउँछ

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.1K
    SHARES

    नवलपरासी । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इतिहासकै तानासाह र कम्युनिस्ट विरोधी भएको आरोप लगाएका छन् ।

    माओवादी केन्द्र पूर्वी नवलपरासीद्वारा दल्दलेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो आरोप लगाएका हुन् । ओलीमाथि खनिएका दाहालले ओलीको असली रुप राजावादीसँगको तालमेल भएको पनि बताएका छन् ।



    उनले भने–‘एमाले अध्यक्ष केपी ओलीको असली रुप देखिहाल्नु भयो राजावादीसँग मिलिसके । ओली विक्षिप्त झैं भएका छन् र इतिहासमै मिल्नै नहुने शक्तिसँग गठबन्धन गर्दै हिँडेका छन् । ओलीको हालत खराब हुनेवाला छ ।’



    कार्यक्रममा उनले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । उनले भने–‘हामीले निर्णय गर्छौं ढुक्क हुनुस् हामीलाई फाइदा हुने गरी भोलि नै केन्द्रमा गठबन्धनको निर्णय आउँछ । अरु तल तलका पालिकामा सबैलाई फाइदा हुन्छ । त्यसमा तपाइँहरु ढुक्क हुनुहोस् । गठबन्धन राष्ट्रिय आवश्यकता हो । महानगर र उपमहानगरमा हामीले धेरै लिने गरी गठबन्धनको निर्णय आउँछ ।’

    यस क्रममा दाहालले आगामी तीन वटै निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरुबीच चुनाबको तालमेल हुने पनि दाबी गरे । यो निर्वाचन माओवादीका लागि ठूलो लडाइँ भएको भन्दै दाहालले यो निर्वाचनमा माओवादीले जिते संविधान र गणतन्त्र जोगिने नत्र धरापमा पर्ने दावी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार