Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सामाजिक न्यायसहितको सबैको नेपाल बनाउने अभियान सुरु : प्रचण्ड

    सामाजिक न्यायसहितको सबैको नेपाल बनाउने अभियान सुरु : प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 933
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समतामूलक सामाजिक न्यायसहितको सबैको नेपाल बनाउने अभियान सुरु भएको बताएका छन् ।

    पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विभिन्न पार्टी परित्याग गरेर माओवादीमा लाग्नुलाई सबैको नेपाल बनाउने आन्दोलन भएको टिप्पणी गरे ।



    उनले देशका मधेसी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायको पहिचान र अधिकार माओवादी केन्द्रले लडेर स्थापित गराएको उल्लेख गर्दै त्यसलाई उल्ट्याउन खोज्ने तत्वहरुविरुद्ध एकजुट हुने प्रक्रिया अघि बढेको समेत बताए ।



    ‘यो देशका मधेसी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायको पहिचान र अधिकारको लडाइँ माओवादी केन्द्रले लडेर त्यसलाई स्थापित गरेको हो ‘उनले भने ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार