Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • एमालेले आगामी चुनावमा बहुमत ल्याएर ५ वर्षसम्म सरकार चलाउने ओलीको दाबी

    एमालेले आगामी चुनावमा बहुमत ल्याएर ५ वर्षसम्म सरकार चलाउने ओलीको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 870
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याएर ५ वर्षसम्म सरकार चलाउने बताएका छन् ।

    शुक्रबार लमजुङको घलेगाउँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।



    उनले एमालेप्रति जनताको आकर्षण बढेकाले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्दै एमाले केही क्षणका लागि मात्रै प्रतिपक्षमा बसेको समेत बताए ।



    घलेगाउँलाई सुखी गाउँ घोषणा गर्दै ओलीले ‘नेपालको पहिलो सुखी गाउँ’ घोषणा गर्न पाउँदा खुसी व्यक्त गरे । अध्यक्ष ओलीले ‘सुखी नेपाली समृद्ध नेपाल’को परिकल्पना घलेगाउँबाट सुरु भएको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार