Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • अर्जुन दासको हत्या आरोपमा ४ जना पक्राउ

    अर्जुन दासको हत्या आरोपमा ४ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौँ । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले फरार रहेका ४ जनालाई नियन्त्रणमा लिएको छ ।

    महानगरीय अपराध महाशाखा टेकुका अनुसार पक्राउ पर्ने ४ जनामा सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बम बोहोरा रहेका छन् ।



    वनमा घाँस काट्न गएका महिलाले रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा उनको शव फेला परेपछि प्रहरीलाइ खबर गरेका थिए ।



    गत वर्ष पुस २ गते घरबाट निस्केका जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन रातिसम्म घर नफर्किपछि परिवारले उनको खोजी सुरू गरेको थियो ।

    अनुसन्धानको क्रममा खुल्न आएको कुराहरूः
    •घटना हुन भन्दा ३ दिन अगाडी कमल साउदको मोबाईल फोन हराएको विषयलाई लिई निजले सुमित साउदलाई शंका गरी कुटपिट गरेको ।
    •सुमित साउद पिटिएको विषयमा मनोज भण्डारी र बम बहादुर बोहोरा समेतले कमल साउदको अं.रू.२५ हजार बराबरको लागुऔषध Nitravet-10 चोरी गरी जंगलमा लुकाएको ।
    •अर्जुन दासले मोवाईल चोरी हर्के भाटलाई दिएको कुरा सुमित साउदले पत्ता लगाई उक्त मोवाईल कमल साउदलाई फिर्ता दिएको ।
    •कमल साउदको मोवाईल चोरी गरेको र सुमित साउदलाई कुटपिट गरेको विषयमा मुख्य दोषी अर्जुन दास हो भनि मनोज भण्डारी, सुमित साउद, बम बहादुर बोहोरा, शुशिल मयाल, दिलिप दास, बादल वि.क., करण दर्नाल समेतले अर्जुन दासलाई कुटपिट गर्ने योजना बनाएको ।
    •मिति २०७८।०९।०२ गते बेलुका अं.१८:०० बजे मृतक अर्जुन दास र निजका साथिहरू लागुऔषध सेवन गर्न उक्त सामुदायिक वनमा भेला भएका ।
    •सबैजनाले लागुऔषधको सेवन गरे पश्चात: कमल साउदको चोरी भएको मोवाईल र सुमित साउदलाई कुटपिट गरेको विषयमा मृतक अर्जुन दासलाई दोषी देखाई सवैजना मिलेर कुटपिट गरी हातखुट्टा बाधी राखेको ।
    •मृतक अर्जुन दासलाई हातखुट्टा बाधी ४/५ घण्टा राखे पश्चात: सवैजनाको मार्ने योजना अनुसार शुशिल मयालले खुकुरी उपलब्ध गराई आफू घर फर्केको ।
    अं. राति २३:०० बजे मनोज भण्डारी लगायतका समूहले मृतक अर्जुन दासलाई साजको रूखमा हातखुट्टा बाधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स हत्या गरी टाउको २ फीट टाढा राखी सवैजनाले लागुऔषध सेवन गरी रातभरी घटनास्थलमा नै बसेको ।
    •मिति २०७८।०९।०३ गते विहान ०५:०० बजे मनोज भण्डारी, बादल वि.क., दिलिप दास, बमे बोहोरा, सुमित साउद र विवेक सिंह भारतको दिल्ली तर्फ लागेको र कनकलाल वि.क., करण दर्नाल, शुशिल मयाल र नाम थर वतन नखुलेको शुशिल मयालको साथी कैलाली मै लुकी बसेको ।
    •सुमित साउद, मनोज भण्डारी, दिलिप दास र बमे बोहोरा भारतका विभिन्न स्थानमा बस्दै आएकोमा हाल काम खोज्दै जिल्ला रुपन्देही, सिदार्थ न.पा.वडा नं.०१ बेलहिया बोडरबाट मिति २०७९।०१।०१ गते १६:१५ बजे पक्राउ गरेको ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार